सकारात्मक कदमलाई भेदभावको इलाजका रुपमा लिइनुपर्छ सबै समस्या समाधान गर्ने उपायका रुपमा होइन । जात र पेशाका बीचको सम्बन्ध कसरी फेरिएको छ भन्ने कुरा बुझ्नु जरुरी छ । पहिलो, आधुनिक अर्थव्यवस्थामा पेशा जातका आधारमा निर्धारण हुँदैन र सिद्धान्ततः कुनै पनि पेशा त्यसका लागि आवश्यक सिप हुने मान्छेले अपनाउन सक्छ । यी विभिन्न पेशा सबै जातमा बाँडिएका छन् त ? यस्ता पेशा धेरै भए पनि जात थोरै भएकाले जात र पेशाका बीचको सम्बन्ध टुटेको छ । तर यहाँ जात, हैसियत र आम्दानी एकापसमा खप्टिएका छन् । दोस्रो, मन्दिरका पुजारी अथवा फोहर उठाउने जस्ता जातजातिमा आधारित परम्परागत पेशामा के भएको छ ? यी पेशा जसले पायो उसले अपनाएका छन् कि यिनमा परम्परादेखि यो काम गरिरहेका जातजातिको एकाधिकार छ ? एकाधिकार छ भने जात र पेशाका बीचको सम्बन्ध अहिले पनि विद्यमान छ ।

Download full text of radio programme

Download: Caste Discrimination and Exclusion: Assessment of Affirmative Action as a Remedy
Ashwini-Deshpande